February 25, 2025, 6:13 am
» पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा, भयो भब्य स्वागत » अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

‘सहकारी प्रकरणमा रवि जिम्मेवार छन्’ : डा. सुन्दरमणी दिक्षित

अशोज १०, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं,  ।नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षितले कांग्रेस र एमाले समिकरणको सरकारबाट जनता अलिकति पनि खुशी नभएको बताउनुभएको छ ।

वर्तमान सरकार भ्रष्टाचारीहरुलाई उन्मिुक्ती दिनमै लागिपरेको आरोप लगाउँदै उहाँले यो सरकार बनेकै यसकै लागि भएको दाबीसमेत गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै दिक्षितले यो सरकार आउनासाथ ठुलाठुला भ्रष्टाचारका फाइलहरु बन्द भएको बताउनुभएको छ ।

विगतका सरकारले जस्तै कुरा मात्रै गरेर जनतालाई भ्रममा पार्ने, काम केहि नगर्ने प्रवृती अहिलेको सरकारले पनि दोहो¥याउनेमा कुनै शंका नरहेको उहाँको भनाइ छ ।

यस्तै दिक्षितले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको आरोप लगाउनुभएको छ ।

संसदीय छानविन समितले सार्वजनिक गरेको प्रतिवेदनले देखाएका अनुसार लामिछाने यो प्रकरणमा पूरा जिम्मेवारी देखिएको उहाँको भनाइ छ ।

मेरो संलग्नता छैन, मैले क्लिन चिट पाइसके भनेर हिड्नु लामिछानेको गैरजिम्मेवारी पन भएको पनि दिक्षितको तर्क रहेको छ ।

नयाँ पार्टी र केहि गर्छ भन्ने जनताको विश्वास र आसा लामिछानेले तोडेर निराश बनाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया