February 24, 2025, 4:23 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

कछुवा गतिको ग्वार्को फ्लाई ओभरको काम ठप्प

अशोज १०, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

ललितपुर, :। उपत्यकाको दोश्रो जिल्ला ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाई ओभरको काम फेरि स्थगित भएको छ ।

यसबाट आम जनता र सवारीसाधनहरु जाम हुने कार्य बढेको छ ।

पटक पटक ठेकेदारले काम रोक्ने र ढिलाइ गर्न सरकारले छुट दिँदा ठेकेदारले सडक कब्जा गरेर जनतालाई हैरानी बेहोर्न बाध्य पारेका छन् ।

२०७९ साल पुसमा फलाई ओभरको काम सुरु गरी २०८० फाल्गुनमा सक्नु पर्नेमा २०८१ असोज दोश्रो साता लाग्दा काम कछुवा गतिमा गर्दै ठप्प परेपछि यो दसैंमा पनि ग्वाको को जाम कायमै रहने देखिन्छ ।

पटक पटक म्याद थप्ने जबकि फ्लाई ओभरको पिल्लर निर्माण पछि सबै संरचना रेडिमेड अर्थात् ढलान गरिएको विम राखेर माटो पुर्ने र पिच गर्नुपर्ने ठूलो काम नभएपनि ढिलासुस्ती यथावत छ ।

चाँडै काम सकेर गाडी गुड्ने काम गराउनु भन्दा अड्काएर राख्दा कसलाई नोक्सानी भएको छ ? यसविषयमा सरकार किन मौन बसेको छ ?

काम सकाउन ढिलाइ गर्नेलाई अविलम्ब कारबाही गरी ग्वार्को फ्लाई ओभरको काम छिटो भन्दा छिटो सम्मपन्न गर्ने तर्फ संबद्ध निकाए गम्भीर भई कार्यसमापन तर्फ तल्लीन हुनु पर्दछ । अपर्ण साप्ताहिकका साथमा ।

प्रतिक्रिया