September 19, 2024, 4:32 pm
» ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

निर्मला पन्त प्रकरणमा नतिजा आउनै लागेको छ : रवि लामिछाने

असार ३१, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

 काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निश्कर्षको नजिक पुगेको दाबी गरेका छन् ।

‘मैले नभनौं भनेको तर भन्नैपर्ने निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौं । बारम्बार मलाई सोधियो तर मैले कहिले पनि भनिन्’, गृहमन्त्री लामिछानेले भने, ‘किनकी रिजल्ट आओस् अनि भनौ‍ला भनेर । हामी कति नजिक पुगेका छौं, सुरक्षा निकायलाई थाहा छ । मलाई क्रेडिट चाहिँदैन । सबै क्रेडिट नेपाल प्रहरीले लिओस् ।’

गृहमन्त्री लामिछानेले नेपाल प्रहरीको कार्य क्षमताको प्रशंसा गरे ।

लामिछानेले ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई पक्राउका लागि इन्टरपोलसँग निरन्तर संवादमा रहेको सुनाए । ‘दुईपटक त मेरो मलेसियाका गृहमन्त्रीसँग कुराकानी भयो । त्यहाँका गृहमन्त्रीसँग भएको छलफल जतिखेर पनि जानकारी गराउन तयार छु’, लामिछानेले भने ।

आफ्नो कार्यकालमा राईलाई पक्राउ गर्न नसके पनि प्रधानमन्त्रीको तहबाट प्रयास गर्ने कुराकानी हुँदै गर्दा सरकार परिवर्तन हुन लागेको उनको भनाइ छ ।

प्रतिक्रिया