February 25, 2025, 6:14 am
» पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा, भयो भब्य स्वागत » अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो » यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

रविलाई शंकर पोखरेलको प्रश्न : ‘अनुसन्धान नै नभई कहाँबाट पाइयो क्लीन चिट ?’

अशोज ९, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेले अनुसन्धान नै अघि नबढी क्लिन चिट पाएको हल्ला गरेको टिप्पणी गरेका छन् ।

बुधबार प्रेस चौतारीले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धानको प्रक्रिया अघि नबढ्दै क्लीन चिट पाएको घोषणा गर्नु गलत रहेको बताए ।निर्दोष छु भन्ने, क्लिन चिट पाएको छु भनेर घोषणा गर्ने कुरा आइरहेको छ । क्लीन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा अघि बढेर सफाइ प्राप्त गरिन्छ । कसैले हल्ला गरेका भरमा क्लीन चिट प्राप्त हुँदैन । अदालतको प्रक्रियामा सामेल भएर निर्दोष देखिएपछि मात्रै क्लीन चिट प्राप्त गरेको ठहर्छ,’ उनले भने ।

संसदीय छानबिन समितिले लामो अनुसन्धानपछि कारबाहीको सिफारिस गरे पनि आफूले सफाइ पाए हिँड्नु गलत कुरा रहेको भन्दै रवि र रास्वपामाथि कटाक्ष गरे ।

त्यस्तै एमाले र कांग्रेस नेतृत्वको सरकार गठन भएपछि उद्योगी व्यवसायीको समस्या समाधान भएकादेखि वैदेशिक लगानीसम्म भित्रिएको दाबी गरे । विगतमा भएका अर्थतन्त्र जोखिमको अवस्था विस्तारै हट्दै गएको बताए ।

 

प्रतिक्रिया