February 23, 2025, 9:48 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सत्ता परिवर्तनले प्रतिनिधिसभाको बैठक प्रभावित, सोमबार ४ बजेका लागि सारियो

असार ३१, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं : प्रतिनिधिसभा बैठकको समय पुन: परिवर्तन गरिएको छ। सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय  दिउँसो ४ बजेका लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पदमुक्त भएर सत्ता परिवर्तनका भएसँगै प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो।

‘२०८१ असार ३१ गते सोमवार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल असार ३१ गते सोमबार दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, संसद् सचिवालयले जारी  गरेको सूचनामा भनिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। ओलीसहितको मन्त्रिमण्डलले सोमबार सपथ ग्रहण गर्नेछन्।

संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिले आइतबार अपरान्ह ५ बजे  भित्र पेश गर्न आव्हान गरेका छन्। राष्ट्रपतिको आह्वान गरेपछि शुक्रबार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए।

प्रतिक्रिया