February 23, 2025, 9:30 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

अशोज ८, २०८१ मा प्रकाशित | ११४०दर्शक तीव्रखबर

काठमाडौं  । मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेकै दिन प्रसाईको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।
प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया