December 25, 2024, 3:02 pm
» बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै » मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त » इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

घुस लिँदै गर्दा वडाध्यक्ष ओली विप्लवका कार्यकर्ताको नियन्त्रणमा

अशोज ८, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

झापा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले झापा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुससहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा वडाध्यक्ष ओलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका छन्।

एक जना भारतीय नागरिकलाई जमिन दिलाइदिने भन्दै ती भारतीयबाट एक लाख ६० हजार वडाध्यक्ष ओलीले घुस मागेको विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बताएका छन्।

मंगलबार दिउँसो बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा भारतीय नागरिक अमरनाथ चौहानले ८० हजार रुपैयाँ दिँदै गर्दा ओली माओवादी कार्यकर्ताको नियन्त्रणमा परेका थिए। घुस दिने र लिनेलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। उमाकान्त खनाल 

प्रतिक्रिया