February 24, 2025, 4:40 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बैतडीमा १४ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान

अशोज ८, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

बैतडी– बैतडीमा १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । 

भदौ २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी १४ वर्षीया किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् । अस्पतालका अनुसार उनले जन्म दिएको पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७५० ग्राम रहेको बताइएको छ ।

शिशुहरूलाई आइसियु वार्डमा राखिएको छ । दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बालकुमारी बस्यालले जानकारी दिइन् । गत वर्ष मात्रै प्रेम विवाह भएको र यस वर्ष दुवै सन्तानलाई सकुशल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराएका छन् ।

२० वर्ष उमेर नपुगेका महिलामा पाठेघरको विकास राम्रोसँग नहुने भए पनि १४ वर्षको उमेरमै जुम्ल्याहा बच्चालाई जन्म दिएको घटना दुर्लभ मानिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।बैतडीमा मात्रै विगत २ वर्षको अवधिमा २० वर्ष नपुगिकनै गर्भवती हुने महिलाको संख्याकरिब ५ सय रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया