February 24, 2025, 4:04 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद

अशोज ८, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

रौतहट । जितिया पर्व मनाउन साथीहरु संग सोमवार रौतहटको पूर्विभेग बागमती नदीमा  नुहाउने  क्रममा डुबेर बेपत्ता भएका युवकको झण्डै १९ घन्टाको खोजीपछि आज बिहान शव बरामद भएको छ ।
स्थानीयय माधव नारायण नगरपालिका ८ रजावाडा गाँउ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानिय राजेन्द्र सहनीको छोरा बर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थलबाट डेढ किलोमिटर दक्षिण गढोस्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमूख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
सोमवार विहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण, ईलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरु सहितको टोलीले मृतकको शब आज बिहान ६ बजे नदीबाट बाहिर निकालेको थियो ।
घटनास्थलको मुचुल्का पश्चात मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाईएको छ ।

सञ्जय मिश्रा

प्रतिक्रिया