November 23, 2024, 12:43 pm
» रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल » विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित » प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या » मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह » नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

ठमेलको एक होटल प्रहरीको छापा : २० करोडमाथिको कोकीनसहित विदेशी नागरिक पक्राउ

असार ३१, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं : काठमाडौं महानगरपालिका-२९ ठमेलबाट अवैध लागुऔषध कोकीनसहित विदेशी नागरिक पक्राउ परेकी छन्। ठमेलमा रहेको एक होटलबाट ५ केजी ८२० ग्राम अवैध लागुऔषध कोकीनसहित ४७ वर्षीया मलेसियन नागरिक बाथुमलाई भादिभालोलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

उनी मलेसियाबाट भिजिट भिसामा नेपाल आएर ठमेलको काठमाडौं सिटि होटलमा बसेकी थिइन्। विशेष सूचनाको आधारमा प्रहरीले उनी बसेको कोठामा खानतलासी गरेको थियो। उनको कोठाबाट ६ वटा स्कुल व्यागमा फ्लस बटम बनाएर ५ केजी ८२० ग्राम कोकीन प्रहरीले फेला पारेको हो।

प्रहरी बृत लैनचौर र जिल्ला प्रहरी परिसरको टोलीले होटलको कोठामा खानतलासी गरेको थियो। बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य २० करोड ३७ लाख रुपैयाँ हुने प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेका अनुसार टकपटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको छ। महिलाले कोकिन काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको प्रहरीको आशंका छ। उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया