December 25, 2024, 1:33 pm
» बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै » मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त » इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितद्वारा प्रदर्शन

अशोज ७, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं, :। सहकारीको बचत अपचलन गर्ने रास्वापाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरूले आज कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् ।

पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको गेट अघि नै प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितले रास्वपा सभापति लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् ।

त्यस्तै, लामिछाने पक्षधरले सहकारी पीडितलाई ‘परिचालित’ भनेका छन् । रास्वपाका नेता कार्यकर्ताले ‘फासिस्ट सरकार मुर्दावाद’, ‘सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लेकार्ड पनि बोकेका छन् ।

सहकारी ठगी प्रकरणमा कारबाहीको सिफारिसमा परेका रविका तत्कालीन व्यापारिक साझेदार तथा प्रहरीका पूर्व डीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका थिए ।

जोशी पक्राउ परेसँगै रविलाई पनि आइतबारै पक्राउ गर्ने तयारी भएको थियो । आफ्नो सभापतिलाई सरकारले षड्यन्त्र गरेर पक्राउ गर्न लागेको भन्दै समर्थकले पोखरामा प्रदर्शन गरेका थिए ।

तर, उनीहरुलाई काउन्टर दिँदै सहकारी पीडित पनि सडकमा उत्रिएपछि दुवै पक्ष आमनेसामने भएका छन् ।

संसदीय छानबिन समितिले पनि सहकारीबाट गैरकानुनी रुपमा गोरखा मिडियामा ६५ करोड रुपैयाँ लगेको र उक्त रकम लामिछानेले चेक काटेर खर्च गरेकाले कारबाही गर्न सिफारिस गरिसकेको छ।

प्रतिक्रिया