January 22, 2025, 9:44 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

सशस्त्रमा ‘बढुवा’ लफडा : भानुका ‘ज्वाईं’ कुँवरलाई डिआईजी बनाउने प्रपण्च नन ग्रेडिङ्ग श्रेणी र चोरबाटोबाट स्टाफ कलेज, घरैमा विभुषण

अशोज ७, २०८१ मा प्रकाशित | ५४४०दर्शक तीव्रखबर

काठमाडौं । सशस्त्र प्रहरीका हालसम्मका महानिरीक्षकहरु मध्ये संगठन सुधारका लागि शुरुवाती चरणबाट नै लागि परेका वर्तमान महानिरीक्षक राजु अर्यालले संगठन सुधारका धेरै कामहरूको थालनी गरेका छन्। केही अति राम्रा कामहरु संस्थागत समेत भइ सकेका छन्। इतिहासमै सबैभन्दा धेरै कर्मचारीले आशा गरेका तथा सम्पूर्ण कर्मचारीहरुको सदासयता रहेका महानिरीक्षकको विगत समेत एकदमै सफा तथा पारदर्शी रहेको छ।

विगतमा समेत आफ्नो दर्जा अनुसारको गर्नुपर्ने काम भन्दा पनि माथिल्लो तहको काम गर्न सक्ने खुबी र कबिलियत राख्ने अधिकृतको रूपमा आफ्नो छविलाई बर्करार राख्न सफल महानिरीक्षकको रूपमा पाउँदा सशस्त्र प्रहरीका सम्पूर्ण दर्जाका कर्मचारीहरु गर्वको महशुस गरिरहेका छन्। सीमा सुरक्षामा विगतमा यदाकदा हुने गरेका अनियमितताहरुलाई समेत हदैसम्म नियन्त्रण गर्न सफल रहनु उनको काबिलियतताको प्रमाणको रुपमा लिन सकिन्छ। व्यवहारत हेर्ने हो भने शक्ति र पैसाको जोहो गर्न कहिले पछि नलाग्ने छवि बनाएका महानिरीक्षक अर्याल अबका दिनमा पनि सोही अनुशासनलाई निरन्तरता दिन हरदम प्रयासरत देखिन्छन् पनि, तर सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक दिपेन्द्र कुँवर लगाएतका केही पात्रहरुको संगठनमा रहेको हालीमुहाली र सिन्डिकेटले महानिरीक्षककै सोच्छ छविमा समेत दाग लाग्न सक्ने अनुमान आजभोली गर्न थालिएको छ।

उल्लेखित पात्र यस्ता व्यक्ति हुन् जसको नत कुनै व्यावसायिक व्यक्तित्व रहेको छ, न नेतृत्व क्षमता, नत कुनै एकेडेमिक ब्याकग्राउन्ड छ, न कुनै तालिममा अब्बल भएको प्रमाण नै भेटिन्छ। ज्वाईं उपाधि बाट विभूषित सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक दिपेन्द्र कुँवरको सेबा प्रवेशका लागि गरिने आधारभूत तालिमको नतिजा हेर्ने हो भने पनि “घ त्र/घ ज्ञ” जस्ता सबैभन्दा तल्लो ग्रेडिङमा जसोतसो पास भएको देखिन्छ भने सो भन्दा माथिका अन्य सम्पूर्ण व्यवशायिक तालिमहरुमा समेत “घ” श्रेड़ी को नतिजा बाहेक त्यो भन्दा माथिल्लो देखिदैन। आफ्ना जेठान भानु देउवा तथा ससुराली खलकको शक्तिको आडमा उनले पछि पारेका उनैक ब्याचका ६० जना सशस्त्र प्रहरी उपरीक्षकहरू सशस्त्र प्रहरीमा वरिष्ठ उपरीक्षक पदमा पदोन्नती हुन हाल सम्म पनि संघर्षरत रही रहदा उनि भने माथिल्लो ब्याचलाई समेत पछी पार्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) मा पदोन्नती हुन कम्मर कसेर लागि परेका छन् । उनी जस्ता गैह्र व्यावसायिक तथा एक त फौजी संगठनको अधिकृत हुन सम्म नसुहाउने व्यक्ति, आफ्नो ब्याजका अब्बल र काबिल अधिकृतहरूलाई त पछी पार्न सफल भए भए हाल आएर आफ्नो ब्याचभन्दा पनि माथिल्लो ब्याचका योग्य अधिकृतहरूलाई समेत पछाडि पार्ने रणनीतिमा रहेका छन्। कुँवर अबको डीआइजी बढुवामा एक नम्बर हुँदै महानिरीक्षक हुने दाउमा रहेका छन् र सोही अनुसार कसरत गरिरहेका छन्।

आधारभूत तालिमदेखिनै हाल सम्म कुनै पनि तालिममा दोस्रो नभएका तथा नेपाली सेनाको आर्मी कमाण्ड तथा स्टाफ तालिममा समेत अब्बल ठहरिएका उनकै ब्याचका सशस्त्र प्रहरीमा वरिष्ठ उपरीक्षक विष्णु भट्ट लगायत उच्च ग्रेडिङ प्राप्त अधिकृतहरूलाई समेत पछाडि पारी एक नम्बरमा उक्लिन सफल रहेका कुँवर अब हुने सशस्त्र प्रहरी नायब महानिरीक्षकको पदोन्नतीमा समेत अघिल्लो ब्याजभन्दा पनि अगाडि पदोन्नती भै नेतृत्व सम्हाल्ने दाउमा कसरत रहेका छन्। हालको महानिरीक्षकका असल कामलाई समेत ओझेल पार्ने गरी घाँडोको रूपमा रहेका यस्ता अधिकृतहरूको अभिष्ट पूरा गर्ने हो वा पूरा गर्ने भर्याङको रुपमा प्रयोग भइरहनु पर्ने हो भने वर्तमान महानिरीक्षकको पनि भविष्य विगतका महानिरीक्षक शैलेन्द्र खनालको जस्तै हुन सक्ने कुरा कर्मचारीवृतमा चर्चा हुने गरेको छ। पूर्व सशस्त्र प्रहरी महानिरीक्षक खनाल आफ्नो नाकामीको कारण कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रममा शरिक हुने हैसियत र औकातमा रहेका छैनन् भन्ने चर्चा हाल सशस्त्र प्रहरी भित्र ब्याप्त रहेको छ।

जेष्ठतामा छलाङ्ग
हाल बिधमान सशस्त्र प्रहरी नियमावली अनुसार आधारभूत तालिममा प्राप्त अङ्कको आधारमा जेष्ठता कायम हुने प्रावधान रहेको छ। सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक दिपेन्द्र कुँवरले सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न गर्दा उनको ब्याचका कुल ७४ जना प्रशिक्षार्थी मध्ये उनि ६९ औ स्थानमा रही तालिम सम्पन्न गरेका थिए। सो व्याचका केही अव्वल अधिकृतहरुले वीचमा नै जागिर छाडेका कारण उनी सशस्त्र प्रहरी नायब उपरीक्षक हुदाँ ६०औ स्थानसम्ममा उक्लिन सफल भए। यसरी तालिममा उदासिन एवं कम योग्य भएका कारण पछाडी रहेका दिपेन्द्र कुँवरले शेर बहादुर देउवाका स्वकिय सचिव भानु देउवाको ज्वाई भएकै नाताले फेरी पनि सशस्त्र प्रहरी उपरीक्षक दर्जामा पदोन्नती हुदाँ ११ औ स्थानमा उक्लन सफल भए। थप रोचक कुरा त के छ भने सशस्त्र प्रहरी उपरीक्षक भएको चार वर्ष नभई सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक हुन नपाउने नियमका कारण सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक नहुने भए पश्चात रातारात नियमावली नै संशोधन गराई सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक दर्जामा आफ्नो भन्दा अगाडीको व्याच भन्दा पनि सिनियर भएर सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक हुनको लागि बढुवाको सुचना समेत गाएव बनाईदिए। निययमावली संशोधन पश्चात अघिल्लो व्याच भन्दा अगाडी त आउन सकेनन तर आफ्नो व्याचका ७४ जना मध्ये सबै अब्बल मानिएका अधिकृतहरुलाई पाखा लगाउदै सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक दर्जामा एक नम्वरमा बढुवा हुन सफल भए। यी सबैको साक्षी तथा सारथी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बनि रहे।

नन ग्रेडिङ्ग श्रेणी र चोरबाटोबाट स्टाफ कलेज घरैमा विभुषण
सेवा प्रवेश पश्चात सेवाकालिन तालिममा प्राप्त ग्रेडिङ्गले बढुवामा प्राप्त गर्ने अङ्कमा प्रत्यक्ष असर पार्ने गर्दछ। तर आधारभूत तालिम देखि अनिवार्य मानिएका सवै तालिममा सबै भन्दा कमसल “घ” ग्रेडिङ्ग प्राप्त गरेका सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक दिपेन्द्र कुँवर भने एक पछी अर्को बढुवामा अव्वल ठहरिदै गई रहे। सशस्त्रको विद्यमान नियम अनुसार डिआईजि बन्नको लागि कमाण्ड तथा स्टाफ कलेज तालिम गरेको हुनु पर्दछ। सशस्त्रले २०७२ साल देखि यस प्रकारको तालिम संचालन गर्दै आई रहेको छ। यो तालिम गर्नको लागि प्रवेश परीक्षामा सहभागि भई उत्तिर्ण हुनु पर्छ, तीन पटक सम्म उत्तिर्ण हुन नसक्नेले यो तालिममा सहभागी हुन पाउदैनन्। यो तालिम गर्नको लागि कठिन प्रवेश परीक्षा दिनुपर्ने हुन्छ उत्तीर्ण हुनेहरुले मात्र यो तालिम लिन पाउँछन् ।संगठन कै उचस्तरको तथा भविष्यको लागि संगठन हाक्न सक्ने अधिकृत तयार गर्न बनाइएको यो तालिम लाई नियमावली बाटै हटाउन उनी जेठान भानु देउवाको शक्ति प्रयोग गर्दा पनि नसक्ने अवस्था आय पश्चात तथा पटक पटक प्रवेश परिक्षा मा सहभागी हुदा समेत उत्तीर्ण हुन नसकेपछि पूर्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको कार्यकालमा, बिधमान नियम बिपरित ढोका पछाडिबाट सुटुक्क नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज तालिममा मनोनित गराई सहभागी हुन पठाईयो तर उक्त तालिममा समेत “नन ग्रेडिङ्ग” श्रेणीमा बल्ल तल्ल तालिम सम्पन्न हुन सम्पन्न गरेका थिए।

विश्वका केही देशका सेनाका अब्बल अधिकृतहरू समेत सम्मिलित भई अध्ययन(अध्यापन हुने आर्मी कमान्ड तथा स्टाफ कलेजमा चोर बाटोबाट छिरेका सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक दिपेन्द्र कुँवरले कोभिड बिमारीको बहानामा काठमाडौँमा मात्र बसेर उक्त तालिम सकाउने मात्र हैन जेठान भानु देउवा कै दवाबमा सोहि अबधिमा नेपाल भरिबाट आठ जनाले मात्र प्राप्त गर्ने प्रतिष्ठित राष्ट्रिय तक्माले समेत विभूषित हुने सौभाग्य प्राप्त पनि गरे। शैलेन्द्र खनालले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनलाई रिझाउनका लागि प्रशासनिक, स्टाफ तथा फिल्ड तहमा खटिइ उत्कृष्ट कार्य गर्ने कर्मचारीको नाम काटेर उनको नाम सिफारिस गरि दिए। विद्यमान नियमावलीमा विभुषणबापत बढुवा प्रयोजनको लागि दुई अङ्क छुट्याइएको र सोको फाइदा उठाउनको निम्ति एकै दर्जामा दुई(दुईवटा विभुषणले सिँगारिने मौका समेत प्राप्त गरे। यस्तै गैह्र व्यवशायिक तथा नालायक अधिकृतहरूले राजनीतिक शक्तिको प्रयोग गरी विभुषण लिने तथा विभुषण समेतको मर्यादा रहन नसकेका कारण गत सालदेखि सरकारले पदक तथा विभुषण वितरण नै रोक्नुपर्ने बाध्यता समेत सिर्जना हुन पुग्यो।

तालिमको अधिकांश समय कोरोना भएको वहानामा बालुवाटार आसपासमा नै विताएर तालिम सम्पन्न गरेका कारण यस प्रकारको अटेरीले दिक्दार भएर नेपाली सेनाको नेतृत्वले अब आइन्दा यस प्रकारका प्रशिक्षार्थीहरु पठाउने हो भने हालसम्म प्रदान गर्दै आएको नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज तालिमको सशस्त्र प्रहरी बललाई प्रदान गरिएको कोटा समेत खारेज गर्न सक्ने चेतावनी दिएको पनि स्रोतले बताएको छ।

सधै विवादास्पद भूमिका
सशस्त्र प्रहरीको कमाण्डमा रहेको बेलामा पनि उनी सदैव विवादित पत्रको रुपमा रहिरहे। २०६८ साल तिर कुरिनटारमा रहदाँ उनको बदमासीको बारेमा बोल्ने शर्मा थरका इन्स्पेक्टरको पछाडी यसरी हात धोएर लागे कि विचरा ईन्स्पेक्टर जागिर नै छाड्ने मनस्थितिमा पुगेको र मनोवैज्ञानिक असर अझै परिरहेको बताईन्छ।

भन्सार बाहेक अन्यत्र पोष्टिङ्ग नजाने र जान नमान्ने कुँवरले डीएसपी हुँदा देखि अहिलेसम्म कसैले प्राप्त नगरेको अवसर प्राप्त गरी गड्डाचौकी तथा रशुवा गरि दुई ठाउँमा भन्सार रहेकै जिल्लामा कमाण्ड गर्ने मौका समेत पाए। एसपी हुँदा पर्सा जिल्लामा रही कामु धन्दामा लागेका कुँवर सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक भइ विगत चार वर्षदेखि सशस्त्र प्रहरीको प्रबन्ध महाशाखामा रहिरहेका छन् यस महाशाखामा रहँदा आफ्ना जेठान भानु देउबाको निर्देशन र इशारामा ठेकेदारहरूसँग मिलेर उनीहरुकै मिलोमतोमा ठेक्का दिने खेलमा व्यस्त छन्।

२०७० सालमा गड्डाचौकीमा रहँदा तत्कालीन बाहिनीपतिलाई समेत अटेर गरी तस्करसँग मिलेमतो गरी अनुचित आम्दानी गरेका थिए तर कोही कसैलाई भेट्दा चाँही “मैले रु १ खाएको छैन” भन्ने थेगो प्रयोग गर्दथे। २०७२को महाभुकम्पको बेलामा सबै कर्मचारीहरु दिनरात नभनि उद्दारमा खटिएको बेला उनि भने परिवारसँग घरमै बसेका थिए। महिनौ दिनसम्म गैह्र हाजिर रहेका उनको बारेमा तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तका कानमा परे पश्चात बर्खास्तको प्रक्रियाको लागि समेत कुरा चलेको कुरा स्रोतले बताउछ। पछी देउवाकै जोडबलमा रोकिएको थियो।

२०७३ सालको रसुवा बसाइमा पनि उनको कार्यशैली उस्तै नै रह्यो। सीमा सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहेको जिल्लाका कमाण्डरको बास भने महिनाको २० देखि २२ दिनसम्म काठमाडौँमा नै रहने गर्दथ्यो। उनको यो चाला प्रधान कार्यालयको नेतृत्व थिए महानिरीक्षक दुर्ज कुमार राई। उनलाई यो कुरा थाहा नपाएका भने हैनन् तर निगाहले पाएको पद एउटा डिएसपिको पछाडी लाग्दा गुम्ने डरले केही बोल्ने आँट समेत गरेनन्। सीमामा जुन प्रकारको कडाई हुनुपर्ने सो नभएको जानकारहरु बताउँछन्।

पर्सा जिल्लामा रहँदा वीरगञ्ज नाकामा खुलेआम तस्करको रजगज रहेको थियो भने सोहि अबधि मा काठमाडौँ बूढानीलाकण्ठमा अलिसान महल निर्माण गर्न सफल रहे। विगत तीन वर्षबाट प्रबन्ध शाखामा हालीमुहाली गरिरहेका कुँवरले गरेका अधिकांश निर्णयहरू विवादित रहेका छन्। प्रबन्ध महाशाखाले संगठनको सम्पूर्ण वन्दोबस्तीको प्रबन्ध मिलाउनुपर्ने हुन्छ। सबै खरिदमा प्रबन्ध महाशाखाको नै हात हुने हुनाले सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक भएदेखि नै देउवाको निर्देशन अनुरूप उनलाई त्यही जिम्मेवारी दिईएको छ।

आरजु देउवा सिध्याउने मसिहा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा रहेका छन् आफ्नो विरासतलाई सम्मानजनक रुपमा पुस्ता हस्तान्तरणको पथमा रहेको कुरा हालैको मन्त्रिमण्डलमा परराष्ट्रमन्त्रीको रुपमा आरजु देउवालाई अगाडि सारेबाट नै स्पष्ट हुन्छ। हालसालै भारत भ्रमणको क्रममा उनले पाएको सम्मान र बाक्लो भेटघाटले उनको यो अभियानको छनक पनि दिने गर्दछ। यसलाई उनले पार्टिको मात्र नभएर देशकै नेतृत्व गर्ने अभ्यास गरेकी हुन जस्तो देखिएको छ। यस्तो महान लक्ष्यमा अगाडि बढिरहेकी आरजु देउबाको बिगत हेर्दा सधै बिबदास्पत तथा राजनीतिक खलपात्र को रुपमा परिचित छन् तर हाल उनीले पाएको जिम्मेबारी उनका लागि आफ्नी धुमलिएको बिगतलाई सफा बनाउन अबसरको रुपमा लिन सकिन्छ तर उनको राजनीतिक भविष्य नै बिगार्ने गरी जसरी दिपेन्द्र कुँवरले शक्तिको प्रयोग गरिरहेका छन् त्यो आरजु देउबाको लागि समेत खतरनाक साबित हुँदैछ। कुँवर र ऊ जस्ता व्यक्तिको व्यक्तिगत स्वार्थको लागि मात्र गोटी वा भर्याङ बनि रहने हो भने आरजुको राजनीतिक भविष्यलाई राम राम बाहेक अरु केही भन्न सकिँदैन।

शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारीको रुपमा आरजु देउवालाई अगाडि बढाइरहदा तथा आरजुलाई सफल बनाउन हर सम्भव कोसिस गरि रहदा यता “ज्वाई”को उपाधि पाएका कुँवरले देउबा र उनको राजनीतिक भविष्यलाई समेत दाउ लगाइदिने खालका हर्कत गरिरहेका छन्। हिजोका दिनमा भानु देउवाको ज्वाई मात्र रहेका कुँवरले अहिले आएर आरजु देउवाको राजनीतिक क्यारियरलाई समेत धराशायी पार्ने गरी शक्तिको दुरुपयोग गरिरहेका छन्। २०८० साल को चैत्रमा भएको डिआइजी बढुवामा समेत आफ्नो ब्याच भन्दा अगाडिको ब्याजका अधिकृतहरूलाई उछिनेर बढुवा हुने दाउमा रहेका थिए। संयोगले कांग्रेस(माओवादी बीचको गठबन्धन टुट्यो जसका कारण उनी डिआइजी बन्नबाट रोकिए।येही भाद्र महिना देखि सशस्त्रमा दुई जना डिआइजीको पद रिक्त रहेको छ। जसमा उनी आफूलाई एक नम्बरको डीआइजी भन्दै घोषणा गरिरहेका छन्। शेरबहादुर देउवाले प्रहरीको नियम आफ्नै खल्तीबाट हेरफेर गर्न थालेको ३० वर्ष भइसकेको छ। अब सोही इतिहास आरजु देउबा मार्फत दोहोर्याउनको लागि ज्वाईले हरसम्भव कोशिस गरेको यथार्थ छर्लङ्ग रहेको छ।

यस्ता ज्वाईं जेठानहरूको रामलिला देखेर पनि नजरअन्दाज गरिरहने हो भने पार्टी तथा देशको पहिलो महिला नेतृत्व हुन खोजिरहेकी आरजु देउवाको राजनीतिक भविष्य समेत रसातलमा पुग्ने स्पष्ट छ। उता स्वच्छ छवि र समग्र कर्मचारीहरुको सदासयता एवं आशाका केन्द्र महानिरीक्षक राजु अर्यालले पनि उनलाई नै साथ दिने र योग्य अधिकृतहरूलाई पाखा लगाई रहने हो भने भोलिका दिनमा हलचोकको गेट सदाका लागि बन्द हुन सक्ने पनि जानकारहरु बताउँछन्।

प्रतिक्रिया