February 23, 2025, 8:48 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

फाल्गुन १०, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ ।
आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोर्कापण गरिएको हो ।
प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहको हलमा उक्त पुस्तक लोर्कापण गरिएको हो । पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोर्कापण समारोहमा मन्त्रीहरु एवंम उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताइन् । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा एमालेका तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख छ ।

प्रतिक्रिया