January 22, 2025, 9:47 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

एक नम्बर वडाको २ नम्बरी धन्दा ललितपुर महानगरमा अनियमितता

अशोज ७, २०८१ मा प्रकाशित | ३०१०दर्शक तीव्रखबर

काठमाडौं । पछिल्लो समयमा भ्रष्टाचारको अखडा बन्दै गएको स्थानीय निकायहरुका एक पछि अर्को अनियमितताको घटना सार्वजनिक भइरहेको छ ।

जनताले तिरेको रुपैयाँ रुपैयाको करबाट सञ्चालन हुने स्थानीय निकायमा भ्रष्टचार मौलाएसगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरीको चाङ लागेको छ । यस्तै ललितपुर महानगरको वडा नम्बर एकमा अनियमितता भएको पाइएको छ ।

ललितपुर महानगर १ मा २०८१ सालको क्यालिण्डर प्रकाशित गर्दा अनियमितता भएको पाएको हो । १०/१५ साइजको १२ पेजको ६ पन्ना क्यालिण्डर प्रकाशित गरेको वडा कार्यालयले डिजाइनको मात्र भ्याट बाहेक ४४ हजार २ सय ३८ रुपैया भुक्तानी गरेको पाएको छ भने २ हजार ३ सय प्रति छापिएको भनिएको क्यालिण्डरको १ लाख ३२ हजार ७ सय ३३ रुपैया भ्याट बाहेक भुक्तानी गरेको प्राप्त कागजातबाट खुलेको छ । क्यालेण्डर प्रकाशनमा समेत कमिशन लिएर महंगो शुल्क भुक्तानी गरेको दावी स्रोतको छ । क्यालिण्डर प्रकाशित गर्दा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान भएपनि सो समेत नलिई प्रकाशन गरेको पाएको हो ।

बजारमा सामान्यतः १२ पेजको ६ पन्ना क्यालिण्डर डिजाइनको बढिमा १० देखि १५ हजार लाग्ने हामीले प्राप्त गरेको कोटेशनमा उल्लेख छ । तथापि, उक्त वडाले भ्याट बाहेक कै ४४ भन्दाबढि भुक्तानी गरेको छ । त्यसैगरी छपाइमा २ हजार ३ सय क्यालिण्डर प्रकाशित गरिएको भनिए तापनि १ हजार ३ सय मात्रै क्याण्डिर छपाई गरि अन्यको बिल बनाई भुक्तानी गरिएको स्रोतले उल्लेख गरेको छ । यसै विषयमा प्रतिकृयाको लागि अध्यक्ष निर्मल तण्डुकारसँग सम्पर्क गर्दा यो सामान्य विषयलाई ठूलो नबनाउन आग्रह गरे । तथापि झिना मसिना काममा समेत अनियमितता गरिन्छ भने ठूलो काममा के गरे होला ? यो गम्भिर प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया