February 24, 2025, 4:23 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु

अशोज ६, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

धनगढी। धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका -२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले ढलेर बेहोस् भएका बोहरालाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बताए ।

उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया