February 23, 2025, 8:26 am
» झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ

विषालु सर्पले टोकेर एक महिलाको मृत्यु

असार ३१, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

आज बिहान चार बजे विषालु सर्पले टोक्दा प्रतापपुर गाउँपालिका-८ गंगापुरकी ३२ वर्षीया रुना पालको मृत्यु भएको हो।

आफ्नै घरको ओछ्यानमा सुतेकै ठाउँमा नाम नखुलेको विषालु सर्पले टोक्दा बेहोस भएकी उनलाई आफन्तले सुरुमा नेपाली सेनाले सञ्चालन गरेको त्रिबेणी क्याम्प सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए।

अवस्था गम्भीर रहेकाले त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि जिल्ला अस्पताल परासी लगिएको थियो।

बिहान नौ बजे परासी अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए।

प्रतिक्रिया