February 25, 2025, 1:42 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

गफ र भाषणले मात्रै सुशासन आउँदैन : शेखर कोइराला

अशोज ३, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको जगबाट मात्र नेपालको सुन्दर भविष्य निर्माण गर्न सकिने बताएका छन् । 

नवौँ संविधान दिवसको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सरकार र राजनीतिक दलहरूले नेपालको सुन्दर भविष्यका लागि सामाजिक न्याय, आर्थिक वृद्धि र सुशासनका पक्षमा केवल गफ र भाषणमात्रै नगरेर व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।

नेता कोइरालाले अग्रज पुस्ताको गौरव गाथा सदा नेपाली जनताको मानसपटलमा अमर रहिरहने उल्लेख गर्दै वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरूलाई सम्बोधन गरेको बताएका छन् । उनले भनेका छन्, ‘राज्यको भूमिका र सीमा मात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको छ ।’

नागरिकको सम्प्रभुतालाई मूलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निर्णय लिने ठाउँमा सामाजिकरुपले वञ्चना परेका सबै समूहको प्रतिनिधित्व हुनु सामान्य कुरा नभएको कोइरालाको भनाइ छ ।

उनले महिलाहरूको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तलदेखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको समूह राष्ट्र निर्माणको प्रक्रियामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको बताएका छन् ।

नेता कोइरालाले नौ वर्ष अगाडि जारी भएको संविधानलाई इमानदारीपूर्वक लागू गर्न यस कालखण्डमा सत्तामा पुगेका नेताहरूले खासै ध्यान पुर्‍याउन  नसकेको उल्लेख गर्दै एकात्मक राज्यको सोच र सिंहदरबार नै सबैथोक हो भन्ने मानसिकताबाट मुक्त हुन सक्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया