February 25, 2025, 1:53 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

परराष्ट्रमन्त्री राणा र क्यानाडाली विदेशमन्त्री जोलीबीच भेटवार्ता

अशोज ३, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल-क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको छ ।
क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानाडा पुगेकी हुन् ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गरेकी थिइन् । उनले अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै क्यानाडाले नेपालमा दूताबास स्थापना गर्न अनुरोध गरेकी थिइन् ।
क्यानाडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताउदै नेपालमा दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएकी थिइन् ।

प्रतिक्रिया