February 25, 2025, 12:13 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

गगन थापाले- भने शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्दैन

अशोज २, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन् । 

राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेको भन्दै यसलाई दोब्बर नबनाएसम्म गुणस्तर सुधार हुन नसक्ने बताएका हुन् ।

उनले शिक्षा क्षेत्रको सुधारका लागि राज्य लगायत सांसद नेता सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । थापाले शिक्षा सम्बन्धी ऐन संसदीय समितिमा छलफलका क्रममा रहेको भन्दै यसलाई सदनको आगामी अधिवेशनबाट टुङ्गोमा पुराइने बताए ।

शिक्षालाई सूचना प्रविधिसँग जोड्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएपनि यसबाट बालबालिकामा हुनसक्ने नकरात्मक असरका बारेमा भने सजग हुनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया