February 25, 2025, 12:15 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

अशोज २, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई धारणा राख्न नदिने भएको छ ।

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ । आज सकिने भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि सहभागी रहेका छन् ।

भेलामा सभापति रवि लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने र प्रतिनिधिहरुलाई धारणा राख्न प्रतिबन्ध लगाइएको पाइएको छ । लामिछानेले पेश गरेको प्रतिवेदन जस्ताको तस्तै बिना छलफल पारित गर्ने तयारी गरिएको एक प्रतिनिधिले जानकारी दिएका छन् ।

राष्ट्रिय भेलामा मंगलबार प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए ।

ती प्रतिवेदनमाथि आज छलफल गरि अनुमोदन गर्ने कार्यतालिका छ । ती प्रतिवदेनहरुमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलका लागि समय नै नछुट्याइएको बताइएको छ ।

आज प्रतिवेदन पारित गरेर राष्ट्रिय भेला सकिदै छ ।

प्रतिक्रिया