February 23, 2025, 9:12 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

संसदमा कांग्रेस ठुलो पार्टी भएकाले अरुको भन्दा मन्त्री सिट संख्या धेरै हुन्छ : मीन विश्वकर्मा

असार ३१, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

काठमाडौं,नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले कामगर्न सक्ने र स्वच्छ छबी भएकालाई मात्रै सरकारमा पठाउने बताउनुभएको छ ।

जनताले विश्वास गरेका, योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीको चयन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका विश्वकर्माले पूरानालाई नदोहो¥याइ नयाँलाई अवसर दिने बताउनुभयो । यस्तै प्रधानमन्त्रीका रुपमा ओलीलाई साथ, सहयोग र समर्थन रहिरहने पनि उहाँको भनाइ छ ।

अन्य दलहरुको पनि समर्थन भएकाले अहिले नै कसको कति सिट भन्ने एकिन भइनसकेकाले राष्ट्रिय सहमतिको सरकारमा सबै मिलेर अगाडि बढ्ने बताउँदै अरुको भन्दा कांग्रेसको संख्या भने धेरै हुने उहाँको तर्क छ ।

हिजोको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पनि ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसहित मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको छ ।

एमालेका अध्यक्ष आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । आज ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । आज समय ढिला हुने भएकाले भोलि बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण कार्यक्रम हुने बताइएको छ ।

प्रतिक्रिया