September 8, 2024, 3:29 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

दबाबमा विकास बैंकहरू : धितो नबिक्दा गैरबैंकिङ सम्पत्ति बढ्यो

असार ३१, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

काठमाडौं, गैरबैंकिङ सम्पत्ति बढेपछि विकास बैंकहरू थप दबाबमा परेका छन् । विकास बैंकहरूले हालसम्म चार खर्ब ९५ अर्ब ५४ करोड रूपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् ।

यसरी प्रवाह भएको कर्जामध्ये केहीको नियमितरूपमा सावाँब्याज नआएपछि बैंकहरूले नियमसङ्गत धितोको रूपमा रहेको सम्पत्तिलाई लिलामीको प्रक्रियामा लैजानुपर्छ ।

बैंकहरूले पटक–पटक लिलामीको सूचना जारी गर्दा पनि धितो लिलाम हुन नसकेको अवस्थामा त्यस्तो सम्पत्तिलाई कर्जाबापतको रकम प्रोभिजन गरेर गैरबैंकिङ सम्पत्तिको रूपमा आफैँले सकार गर्नुपर्छ ।

यस्तो सम्पत्ति स्वप्रयोजनको लागि बाहेक अन्य अवस्थामा बैंकहरूले निश्चित समयभित्र पुनः बोलकबोलमार्फत बिक्री गरेर नगदमा रूपान्तरण गर्नुपर्छ ।

तर, अर्थतन्त्रमा देखिएको शिथिलतासँगै बोलकबोल गरेकै आधारमा गैरबैंकिङ सम्पत्ति बिक्री हुने अवस्था नभएकाले विकास बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएकोे देखिन्छ ।

चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेर दुई अर्ब ५१ करोड १० लाख रूपैयाँ पुगेको छ ।

यो सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ करोड ८० लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा एक अर्ब ७९ करोड ३० लाख रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।

२०८१ वैशाख मसान्तमा महालक्ष्मी विकास बैंकको गैरबैंकिङ सम्पत्ति ५३ करोड ९६ लाख ९० हजार रूपैयाँ पुगेको छ । गत वर्ष २०८० वैशाख मसान्तमा यो बैंकको गैरबैंकिङ सम्पत्ति १२ करोड ५० लाख रूपैयाँ थियो ।

गतवर्ष वैशाख मसान्तमा तीन करोड ३६ लाख रूपैयाँबराबर गैरबैंकिङ सम्पत्ति रहेको नारायणी डेभलपेन्टको बैंकको यस्तो सम्पत्ति अहिले शून्य छ ।

यसैगरी गत आवको १० महिनामा सात करोड १८ लाख ९० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको कर्णाली डेभलपमेन्ट बैंकमा पनि चालू आवको पछिल्लो अवधिमा यस्तो सम्पत्तिको अनुपात शून्य रहेको छ ।

गत आवमा १२ करोड एक लाख ९० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको सांग्रिला डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा यस्तो सम्पत्ति बढेर २९ करोड ३१ लाख ६० हजार रूपैयाँ पुगेको छ ।

गत आवको १५ करोड ७४ लाख ७० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको एक्सेलमा अहिले पनि सोही परिमाणमा गैरबैंकिङ सम्पत्ति रहेको छ । मितेरी डेभलपमेन्ट बैंकमा भने पछिल्लो अवधिमा दुई करोड १६ लाख १० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ ।

गत आवको सोही अवधिमा उक्त बैंकमा दुई करोड ५७ लाख ५० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । मुक्तिनाथ विकास बैंकमा भने पछिल्लो अवधिमा २५ करोड ९९ लाख ९० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आवको सोही अवधिमा बैंकमा १८ करोड ५१ लाख ४० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो ।

२०८० वैशाख मसान्तमा नौ करोड २१ लाख ५० हजार रूपैयाँबराबर रहेको गरिमा विकास बैंकको को गैरबैंकिङ सम्पत्ति यसवर्र्ष वैशाखमा २२ करोड ७५ लाख २० हजार रूपैयाँ पुगेको छ ।

यसैगरी कामना सेवा विकास बैंकमा पनि ३२ करोड ४३ लाख ९० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो सम्पत्ति ३७ करोड ४३ लाख रूपैयाँ थियो ।

कर्पोरेट डेभलपमेन्ट बैंकमा गत वैशाखमा १३ करोड ३१ लाख रूपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । एक वर्षअघि पाँच करोड ७६ लाख ४० हजार रूपैयाँबराबर थियो । ज्योति विकास बैंकमा भने अहिले १६ करोड सात लाख ८० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ ।

जुन एक वर्षअघि सो बैंकमा १२ करोड ५० लाख रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो । शाइन रेशुंगा डेभलपमेन्ट बैंकसँग पनि सात करोड ९१ लाख ५० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ ।

एक वर्षअघि २०८० वैशाख मसान्तमा शाइन रेशुंगामा तीन करोड ३६ लाख रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो । लुम्बिनी विकास बैंकमा गत वैशाखसम्म २५ करोड ३५ लाख ९० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ ।

एक वर्षअघि सो बैंकमा सात करोड १८ लाख ९० हजार रूपैयाँबराबर गैरबैंकिङ सम्पत्ति थियो । एक वर्षअघि २०८० वैशाखमा पाँच करोड ३० लाख रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको सिन्धु विकास बैंकसँग अहिलेपनि त्यति नै छ ।

साल्पा विकास बैंकसँग गैरबैंकिङ सम्पत्ति छैन । एक वर्षअघि २४ लाख ९० हजार रूपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको सप्तकोशी डेभलपमेन्ट बैंकसँग पनि अहिले त्यति नै गैरबैंकिङ सम्पत्ति छ ।

२०८० वैशाखमा गैरबैंकिङ सम्पत्ति शून्य रहेको ग्रीन डेभलपमेन्ट बैंकमा अहिले ५१ लाख ४० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । (आर्थिक दैनिकबाट)

प्रतिक्रिया