December 27, 2024, 6:46 am
» जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः महासचिव पोखरेल » भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन » प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित : आरजु राणाको दिल्ली भ्रमण असफल » शोभा पाठक साधारण तारेखमा रिहा » निलम्बित एमाले नेतृहरुद्वारा राजदूतको बिदाई

प्रचण्ड भन्छन्- सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन

भदौ ३०, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन्  ।

माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए। ‘नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन’, अध्यक्ष दाहालले भने ।

उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे  ।

कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका लोकबन्धु कन्दङवासहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएको छ । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष छन् ।कार्यक्रममा पार्टी अध्यक्ष दाहालसहित उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया