February 24, 2025, 10:07 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

भदौ ३०, २०८१ मा प्रकाशित | १०५०दर्शक तीव्रखबर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि  रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए ।

भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ-आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो ।

भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया