February 24, 2025, 1:07 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने

भदौ २९, २०८१ मा प्रकाशित | ८६०दर्शक तीव्रखबर

काठमाडौँ । काठमाडौंका विभिन्न स्थानहरूमा आज विद्युत् अवरूद्ध हुने भएको छ ।
विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो ।
असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशन भित्र, विशाल बजार अगाडि, गणेश ,स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेड सम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम् विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
ती ठाउँहरूमा भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया