September 20, 2024, 11:50 pm
» नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति » सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ » रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

विवादित व्यक्तिलाई गृहको जिम्मा प्रतिस्पर्धीले जिब्रो टोके !

भदौ २८, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं, : । गृहसचिव बन्ने चर्चामा थिएनन्, गोकर्णमणि दुवाडी । तर, एकाएक बाजी मारे कसरी ? चर्चा चुलिएको छ । सिनियर सचिव दिनेश घिमिरेलाई मुख्य सचिव बन्नबाट रोकेर कार्यक्षमताका आधारमा एकनारायण अर्याल मुख्यसचिव बने ।

घिमिरेलाई पनि गृह सचिव बनाइने चर्चा थियो तर कालान्तरमा उनको नाममा समेत सहमति जुट्न सकेन उनी पन्छिए । त्यसो त पछिल्लो समय प्रशासकहरुको सरुवामा विचौलिया हाबी हुने गरेको खुलेआम देखिएको छ जसरी बैकुण्ठ अर्याललाई आइटी माफियाहरुले बोकेर मुख्य सचिव बनाए ।

जसरी शिक्षा सेवाका टेकनारायण पाण्डेलाई गिरोहहरुले गृहमा पुर्याए उही र उस्तै ढंगबाट गोकर्णमणि दुवाडीलाई गृहमा लगिएको छ । यस्तै चर्चा गृहकै कर्मचारीहरुबीच चलेको छ । अहिलेको यो खेलोमेलोको पछाडिको मुख्य पात्र को हुन् खोजी भएको छ ।

यस अघि मन्त्रीसँग बिग्रिएको सम्बन्धलाई केही विचौलियाहरुले समन्वय गरेर सुमधुर बनेको र उनै विचौलियाको जोड बलमा गोकर्णमणि गृहमा पुगेको समाचार स्रोत बताउँछ । भूमि सचिव हुँदा अर्का विचौलिया मन्त्री लेखकका भतिजलाई कलंकी मालपोत कार्यालयका हाकिम बनाएर खटाइएको थियो ।

सोही गुण तिर्नका लागि उनै मन्त्रीको भतिजमार्फत च्यानल मिलाएर दुवाडीलाई गृह सचिव बनाइएको चर्चा पनि उत्तिकै छ । यद्यपि गृहमन्त्री रमेश लेखकका सचिवालयका कर्मचारी चाहिँ केशव त्यति धेरै पावरफुल कर्मचारी नभएको र त्यत्रो ल्याकत नराख् ने कर्मचारीका रुपमा चिन्छन् ।

उता अर्को रंगीला हाकिम चर्चा छ, उहिले पर्सातिरका। मालपोत कार्यालय पर्साका हाकिम बनेर गएका छन् डमरु प्रसाद निरौला ।

दमक नगरापलिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका बेला नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन पत्र काटेको थियो ।

त्यसपछि करिब चार महिनासम्म निरौला मन्त्रालयमै बसे । पछिल्लो समय उनी सामान्यबाट भूमि मन्त्रालयमा सरुवा भएका थिए । उनै विवादित कर्मचारीलाई कारबाही होइन उल्टै पुरस्कृत गर्यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ।

अनैतिक क्रियाकलापमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरु प्रसाद निरौललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालय पर्साको प्रमुखको जिम्मेवारी दिएर पठायो । प्रशासन समूहका कर्मचारीहरुका लागि मालपोत कार्यालय आकर्षक मानिन्छ ।

गत मंसिरमा काण्ड पछि मन्त्रालयमा तानिएका निरौला त्यसको चार महिना सामान्य प्रशासनको बरण्डामा बसेर पर्सा पुगेका हुन् । उत पुगेर पुरानै धन्दा जारी राखेका छन् । कार्यालय छ वीरगन्जमा तर डेरा लिएका छन् हेटौडामा ।

उनै निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले एउटा काम लगाए । जग्गा प्रशासनसँग सम्बन्धी केही काम थियो । उक्त स्रोतका अनुसार मन्त्रीका मान्छेसँग समेत काम गर्नका लागि घुुस लिएको आरोप छ।

मन्त्री गुप्ताले यो चाल पाएपछि उनको सरुवाका लागि तत्काल भूमि मन्त्रालयलाई आग्रह गरे । सरुवा गरिन लागेको चाल पाएसँग उनी रातारात काठमाडौं आएर पुनः उही ठाउँमा टिक्न सफल भएको चर्चा छ भूमि मन्त्रालयतिर ।

मुख्यसचिव र गृहसचिव कब्जामा, कांग्रेस निन्द्रामा !
तत्कालिन गृहसचिव एकनारायण अर्याल मुख्यसचिव बनेपछि गृहसचिव बन्नका ल ागि आधा दर्जन सचिवहरुको दौडधूप चलेको थियो । त्यो दौडमा पुष्करहरि कर्ण, विनोद सिंह, दिनेश भट्टराई, मुकुन्द निरौला र दीपक काफ्लेलगायत थिए ।

यीमध्ये पुष्करहरि कर्ण र विनोद सिंह न्वारनदेखिको बल निकालेर लागिपरेका थिए । तर, मुख्यसचिव अर्यालकै कारण यी दुईसँगै अन्य दौडमा रहेका सचिवहरु गृहसचिव बन्ने लाइनबाट बाहिरिएका छन् । त्यसमा पनि पुष्करहरि कर्ण र विनोद सिंहलाई पहिलादेखि एकनारायण अर्यालले रुचाउँदैन्थे ।

गोकर्णमणि दुवाडीलाई गृहसचिव बनाइएको छ । गृहसचिव बनेका दुवाडी कोशीवप्रदेशमा रहँदा साइकल खरिद काण्डमा मुछिएका व्यक्ति हुन् ।

त्योसँगै दुवाडीलाई तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव हुँदा छुट जग्गा दर्ता गर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन विचौलियासँग मिलेर ठूलो मात्रामा भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

त्यसैगरी दुवाडीले आफ्नो सचिवालयमा नातागोतालाई राखेर कर्मचारी सरुवा, बढुवा गर्दासमेत ठूलो मात्रामा आर्थिक लाभ लिएको कर्मचारीवृत्तमा चर्चा छ । तथ्यांक विभागका तत्कालिन सचिव दुवाडीले शक्ति केन्द्रलाई रिझाएर गृहसचिव बन्न सफल भएका छन् ।

गृहसचिव हुँदा एकनारायण अर्यालले ल्याएका योजना कार्यान्वयन गराउने, गृहमन्त्री रमेश लेखकलाई रिझाउन बबरमहलको जग्गाको मुआब्जा बबरशमशेरलाई दिलाउने सर्तमा दुवाडीलाई गृहसचिव बनाइएको चर्चा चलिरहेको छ । यतिबेला कर्मचारी प्रशासनको बागडोर मुख्यसचिव र गृहसचिवको हातमा पुगेको छ ।

पछिल्लो समय गृहसचिवका लागि विनोद प्रकाश सिंह ,कृष्णहरी पुष्कर, हरि कुमार मैनाली, नारायण शर्मा दुवाडी, मुकुन्द निरौला, दिपक काफ्ले,अर्जुन पोखरेल  लगायतको दौड चलेको थियो ।

प्रतिक्रिया