February 24, 2025, 9:41 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

एउटै मञ्चबाट सम्बोधन गर्दै ‘प्रचण्ड’-बाबुरामले भने-हामी गणतन्त्रका मूलधार

भदौ २७, २०८१ मा प्रकाशित | १२४०दर्शक तीव्रखबर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूहरू गणतन्त्रका मूलधार भएको बताएका छन् ।

मण्डला थिएटर काठमाडौँको एउटै मञ्चबाट सम्बोधन गर्दै उनीहरूले नेपालमा चलेको दश वर्षे सशस्त्र युद्ध लाखौँ जनता सहभागी भएर लडिएको परिघटना भएको बताए । उनीहरूले आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने दाबी गरे ।

शुक्रबारबाट प्रसारण हुन थालेको टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरूले यस्तो भनेका हुन् ।

माओवादी अध्यक्ष ‘प्रचण्ड’ले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको बताए ।

कतिपय शक्तिहरूले लाखौँ जनताको सहभागितामा भएको उक्त सशस्त्र युद्धलाई विमुद्रीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको आरोप लगाउँदै प्रचण्डले इतिहासमा यसको महत्त्व स्थापित भइसकेको बताए ।

कार्यक्रममा टेलिफिल्मका निर्देशक निर्माता मरिचमान श्रेष्ठले टेलिश्रृङ्खला ‘राधाकृष्ण’ले माओवादी युद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रवार साँझ प्रसारण हुने जानकारी दिए ।

प्रतिक्रिया