February 24, 2025, 9:16 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

लागू औषध कारोबारमा पूर्व सांसद ढाकाकुमार पक्राउ

भदौ २७, २०८१ मा प्रकाशित | ८६०दर्शक तीव्रखबर

कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहनुभएका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुनुहुन्छ । कास्की जिल्ला अदालतबाट अनुमति लिई डा. श्रेष्ठलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

गएको साउन ३ गते पोखरा २, बाग्लुङ बसपार्कमा पक्राउ पर्नुभएका रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी घर भई पोखरा ४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागूऔषध किनेको बयान दिनुभएको छ । थापामगर ९७ ट्याब्लेट टुपेनसहित पक्राउ पर्नुभएको थियो ।

२०७९ को आमनिर्वाचनपछि डा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्नुभएको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठलाई सांसदबाट हटाएको थियो । फडिन्द्र अधिकारी गोरखापत्र बाट

प्रतिक्रिया