February 24, 2025, 7:31 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

भदौ २७, २०८१ मा प्रकाशित | १२१०दर्शक तीव्रखबर

काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी ध्रुव प्रकाश शाहलाई प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका छन् ।
प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट प्रमुख सेनानी डा. रिवाज कार्कीलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया