February 24, 2025, 7:40 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

आज संसदका चार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

भदौ २७, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं । आज संघीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ ।
आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था समिति,  संसदीय सुनुवाइ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।
बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै, बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको छ।
त्यस्तै दिउँसो १ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया