November 14, 2024, 11:06 pm
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

सीके राउतद्वारा श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दायर

भदौ २६, २०८१ मा प्रकाशित | १५५०दर्शक तीव्रखबर

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

राउतले ललितपुर जिल्ला अदालतमा दुई हप्ता अघि श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका हुन् ।

अदालत स्रोतका अनुसार श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्धामा उल्लेख गरेका छन् । उनले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन् । उनका दुई छोरी र एक छोरा छन् ।

४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

प्रतिक्रिया