September 19, 2024, 2:00 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

सम्पदा घिमिरेले जितिन् मिस युनिभर्स नेपालको ताज

भदौ २६, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं : मिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले जितेकी छन्। २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिएकी हुन्। सम्पदाले मेक्सिकोमा हुने ७३औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्।

ललितपुरको गोदावरीस्थित कनभेन्सन सेन्टरमा भएको फिनालेमा पहिलो रनरअप  स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करिन मुर्रे र चौथो रनरअर सुजल बम भए।

अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन्। ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनले बताएकी छन्। उनले आफू पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्ने बताएकी छन्।ग्लोबल ग्ल्यामर भेन्चर प्राइभेट लिमिटेडले आयोजना गरेको प्रतियोगितामा २२ प्रतिस्पर्धी सहभागी थिए। फिनालेका लागि जुरीमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, पूर्व मिस युनिभर्स सोफिया भुजेल, पुर्व मिस नेपाल इसानी श्रेष्ट, गोल्डस्टारका कार्यकारी निर्देशक विदुशी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल, समीक्षा शारदा संघाइ र नेतृ डिना उपाध्याय रहेका थिए।

प्रतिक्रिया