February 24, 2025, 7:34 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बलात्कारको मुद्दामा बस्नेतले पाए सफाइ

भदौ २६, २०८१ मा प्रकाशित | १०५०दर्शक तीव्रखबर

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ । यो सँगै बस्नेतले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । यसअघि जिल्ला अदालत काठमाडौँले पनि खारेज हुने फैसला सुनाएको थियो । पीडित भनिएकी एक महिलाले बस्नेतबाट आफू पटक-पटक पीडित भएको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया