February 24, 2025, 7:01 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

उपसभामुख हटाउने तयारीसँगै सांसदहरूलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन

भदौ २६, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौँ- नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशन दिएको छ। प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई उपत्यका नछाड्न भनेर म्यासेज पठाएका हुन्।

कांग्रेस-एमाले गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन्। त्यसैले जुनसुकै बेला पनि सांसदहरुको उपस्थिति आवश्यक पर्न सक्ने भन्दै उपत्यका नछाड्न निर्देशन दिइएको हो।

उपसभामुख रानाले राजीनामा नदिए हटाउने प्रस्ताव लैजाने कांग्रेस-एमालेको तयारी छ। यसअघि एमालेले आफ्ना सांसदहरुलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न भनिसकेको छ।

उपसभामुख रानाले पदीय मर्यादाविपरीत असम्बन्धित व्यक्तिहरुलाई अमेरिकाको भिसाको मिति अगाडि सारिदिन आग्रह गर्दै लखेको पत्र सार्वजनिक भएको थियो। रानाविरुद्ध अमेरिका पठाइदिने भन्दै आर्थिक लेनदेन गरेको आरोप पनि लागेको छ। सोही विषयलाई कांग्रेस-एमालेले मुद्दा बनाएर रानाको आचरणमा प्रश्न उठाएका छन्।

प्रतिक्रिया