February 24, 2025, 6:05 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रास्वपा सभापति लामिछानेले भने : प्रधानमन्त्रीलाई भेटेर उपसभामुखको विषयमा छलफल गरेको हुँ

भदौ २६, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेले संसदमा उपसभामुखमाथि विषय उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको बताएका छन्। उनले संसदमा उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने विषय उठेपछि प्रधानमन्त्रीलाई भेट्न गएको बताएका हुन्।

लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताए। ‘उहाँसँग छलफल गर्न गए। उहाँलाई मैले भने- यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ। किनभने दुई तिहाई सरकारका प्राथमिकता धेरै छन्। दुई तिहाई भनेको शक्ति हो। तर, त्यो शक्ति कहाँ सदुपयोग गर्ने भन्ने तपाईंहरुले पक्कै बुझ्नुहुन्छ होला भने।’ ‘उपसभामुखलाई हटाउने सोचिरहनुभएको छ भने सायद यो घातक हुन्छ भने।’

लामिछानेले प्रधानमन्त्रीले कांग्रेससँग  छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीसँग सौहार्दपूर्ण रुपमा कुरा भएको जानकारी दिए।

लामिछानेले आफूले शेरबहादुर देउवालाई नभेटेको भनेर समाचार आएपनि त्यसमा सत्यता नभएको बताएका हुन्। उनले भने,‘मैले शेरबहादुर देउवालाई भेटेको छैन। प्रधानमन्त्रीसँग त संसदमा पनि भेट हुन्छ। म कसैको फेबर मान्ने मान्छे होइन।’

पूर्वगृहमन्त्री लामिछानले सहकारी प्रकरणमा आफूमाथि लगाएको आरोप विरुद्ध बोल्ने ठाउँ रहेको भन्दै अन्य सहकारी पीडितहरूको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। पोखरामा आफूलाई देखाइएको कालो झण्डा सहकारी पीडितको पिडा रहेको भन्दै खुल्ला रुपमा छलफल गर्न आफू तयार रहेको उनले बताए।

प्रतिक्रिया