February 24, 2025, 6:01 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

उपसभामुखबारे रास्वपाले भन्यो : हस्ताक्षर गर्नु गलत हो तर अहिले ‘वेट एण्ड वाचको सिचुयसन’मा छौं

भदौ २६, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ। आज बसेको सचिवालयको बैठकमा उपसभामुख रानामगरमाथि महाभियोग लगाउने वा राजीनामा दिने भन्ने विषय उठेकाले पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिए।

‘लगभग १८/१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ। उहाँले अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ। त्यो सही विषय त थिएन। आज आएर गलत भएको पनि होइन, उहाँहरुले अहिले दाउपेचमा पार्नु भएको छ। गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो।’ उनले भने,‘यसमा नराम्रो भयो भने कानुनी प्रक्रिया छ नि। छानबिन हुनुपर्छ। रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ।’

उनले कांग्रेसलाई लक्षित गर्दै संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि यो कदम चालिएको रास्वपाको ठहर छ। यो चर्चाको विषयमा मात्र भएकाले रानाविरुद्ध कुनै हस्ताक्षर संकलन भइनसकेकाले छलफलमात्र भएको उनले बताए। झाले सदनमा आज सत्तापक्षको प्रस्तुति कस्तो हुन्छ त्यसपश्चात थप छलफल गर्ने उनको बताए। उनले भोलीसम्म राजनीति कता जान्छ त्यो भन्न नसकिने उल्लेख गरे। झाले भने,‘हामी वेट एण्ड वाचको सिचुयसनमा छौं। तर अर्को कुरा सरोकार छ आक्रामक रुपमा तयार छौं । त्यसलाई कसरी प्रतिकार गर्ने तयारी छ।’

प्रतिक्रिया