February 24, 2025, 6:34 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

पाँच जिल्लामा सीडीओ हेरफेर, काठमाडौंमा जयनारायण आचार्य

भदौ २५, २०८१ मा प्रकाशित | ११६०दर्शक तीव्रखबर

काठमाडौं- गृह मन्त्रालय मङ्गलबार बेलुकी पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँचीमा सीडीओ हेरफेर गरिएको हो ।

मन्त्रालयले काठमाडौँकोाप्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई खटाएको छ । साविक प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई खटाएको मन्त्रालयले सहसचिव लीलाप्रसाद शर्मालाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारी तोकेको छ ।

मन्त्रालयमा कार्यरत उपसचिव रमा आचार्य सुवेदीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा प्युठान पठाइने भएको छ । त्यहाँका साविक सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा बोलाइएको छ ।

अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई पठाएको छ । अर्घाखाँचीकै सहायक प्रमुख जिल्ला अधिकारी वेदनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको छ ।

अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई मन्त्रालयमा बोलाइएको छ ।

प्रतिक्रिया