February 24, 2025, 6:07 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

पूर्वश्रीमतीको विषयमा आफुलाई नजोडन धनराज गुरुङको आग्रह, संसदमा गरे छानबिनको माग

भदौ २५, २०८१ मा प्रकाशित | १३३०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पुर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगि गरेको विषयमा आफुलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडी बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफुलाई जोड्नु गलत भएको बताएका हुन् ।

सांसद गुरुङले पुर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनले आफुमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोप्मुक्त भएको बताउदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया