February 23, 2025, 8:29 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

मैदानमा कहिले फर्किन्छन् नेइमार ?

भदौ २५, २०८१ मा प्रकाशित | ११६०दर्शक तीव्रखबर

काठमाडौँ । ब्राजिलका फुटबलर नेइमार छिट्टै मैदानमा फर्किने तयारी गरेका छन् ।
गतबर्षको नोभेम्बरमा घुँडाको लिगामेन्ट इन्जुरिका कारण मैदान बाहिर रहेका नेइमारले गोप्य रुपमा आफ्नो इन्जुरिबाट फर्किन तयारी गरिरहेको भएपनि उनी कहिले देखि मैदानमा फर्किन्छन् भन्ने स्पष्ट भएको छैन ।
३२ बर्षिय नेइमार साउदी क्लब अल हिलालमा गएपनि केवल ५ खेल खेलेका छन् र एक गोल मात्र गरेका छन् ।
यस अघि सेप्टेम्बर वा बढीमा अक्टोबरसम्म नेइमार पूर्ण रुपमा फिट हुने बताइएको थियो । नेइमारले पनि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ‘वर्क इन् साइलेन्स’ भन्दै ऊनी २०२४ मा मैदानमा नदेखिने रिपोर्टको जवाफ दिएको बुझिएको छ ।
नेइमारले हाल अल हिलालको रिह्याब सेन्टरमा कडा मिहिनेत गरिरहेको बताइएको छ ।
यसैबीच अल हिलालले भने नेइमारलाई जनवरीसम्म आफ्नो साउदी प्रो लिगको टिमबाट बाहिर राखेको छ । अल हिलालले नेइमारलाई एशियन च्याम्पियन्स लिगको टिममा भने समावेश गरेको छ । लिगमा ८ विदेशी खेलाडी मात्र राख्न पाउने भएका कारण नेइमारलाई टिम बाहिर राखिएको बताइएको छ । अल हिलालले नेइमार ठिक भएपनि साउदी लिगमा जनवरीपछि मात्र खेलाउने संकेत देखिएको छ ।

प्रतिक्रिया