September 19, 2024, 4:07 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

सहकारी छानबिन समितिले गर्‍यो ऋणीहरूसँग छलफल

भदौ २४, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज विभिन्न सहकारीका ऋणीहरूसँग छलफल गरेको छ ।

५५औँ बैठकमा समितिले विभिन्न सहकारीका ऋणीहरूको अनुभव केन्द्रित परामर्श र छलफल  गरेको सभापति सूर्यबहादुर थापा क्षेत्रीको भनाइ छ ।

समितिले ऋणीहरू गायक रामकृष्ण ढकाल, पत्रकार डा .सुरेश आचार्य, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष कुन्दन अर्यालसँग पनि छलफल गरेको छ । यस्तै , अन्य ऋणीहरू सागर बगाले, अनन्तकान्त मैनाली,  विदुर धमलासँग पनि परामर्श र छलफल गरेको हो ।

थापाका अनुसार ऋणीहरूको अनुभवहरू समेत लिइएको छ ।

प्रतिक्रिया