February 24, 2025, 4:22 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

नेता धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिए

भदौ २४, २०८१ मा प्रकाशित | १५७०दर्शक तीव्रखबर

काठमाडौं,  ।  नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिएका छन् ।

उनीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा उजुरी परेको छ ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका हुन् ।

ज्योति हाल फरार छिन् । ठगीमा मुछिएपछि कानूनी रुपमा उनीहरुले सम्बन्ध बिच्छेद गराएका छन् । नेपाल छाडेर उनी भागेकी छिन् ।

सो सहकारीको उनले १५ करोड रुपैयाँ हिनामिना गरेको अहिलेका सञ्चालकहरुको दाबी छ । आफु पनि यसमा फस्ने भएपछि धनराजले हतार हतार कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेको स्रोत बताउँछ ।

यद्यपी उनले नै श्रीमतीलाई विदेश पठाएको बताइन्छ । सो विषयमा सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ ।

प्रतिक्रिया