February 24, 2025, 3:47 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

भदौ २४, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया