February 23, 2025, 8:27 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

ईङल्याण्डका अलराउण्डर मोइन अलीको सन्यास

भदौ २३, २०८१ मा प्रकाशित | ११४०दर्शक तीव्रखबर

काठमाडौँ । ईङल्याण्डका अल राउण्डर मोइन अलीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ बर्षिय अलीले अस्ट्रेलिया सिरिजमा टिममा छनौट नभएपछि सन्यासको घोषणा गरेका हुन् ।
उनले आफुले ईङल्याण्डको लागि धेरै क्रिकेट खेलेको भन्दै अब आउदो जेनेरेसनले खेल्ने समय भएको बताएका छन् । २०१४ मा ईङल्याण्डका लागि अन्तराष्ट्रिय डेभ्यु गरेका अलीले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी-२० खेल खेलेका छन् ।
उनले ईङल्याण्डका लागि सबै फर्म्याटमा ६६७८ रनसहित ८ शतक, २८ अर्धशतक र कुल ३६६ विकेट लिएका छन् ।
उनी ईङल्याण्डका लागि पछिल्लो पटक टी-२० विश्वकपमा भारतविरुद्ध सेमिफाइनल खेलेका थिए । ईङल्याण्डले सो खेल हारेको थियो । अलीले फ्रेन्चाइजी क्रिकेट भने खेल्न जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया