February 24, 2025, 3:17 pm
» स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि

कांग्रेसको निर्णय के सम्भव होला ?

भदौ २३, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली कांग्रेसले आवधिक निर्वाचनमा कुनैपनि राजनीतिक दलहरूसँग गठबन्धन नगरि एक्लै निर्वाचन लडी आफ्नै बलबुत्तामा बहुमत ल्याउने गरी प्रतिसपर्धामा उत्रिने निर्णय गरेको छ ।

पार्टी महामन्त्री गगन थापाले २०८० फागुन ७ देखि १० सम्म भएको महासमितिको बैठकमा प्रस्तुत गरेको निर्वाचनपूर्व गठबन्धन वा तालमेल नगर्ने प्रस्ताव राखेकोमा कांग्रेसको गत श्रावण २३ गते देखि सुरु भई भाद्र १६ गते समपन्न भएको बैठकले त्यस्तो निर्णय गरेको हो ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावलाई महासमितिका बैठकमा प्राप्त सुझावलाई समावेश गरि केन्द्रीय समितिको बैठकले परिमार्जन सहित प्रस्तुत गरेको थियो ।

महामन्त्री शर्माका अनुसार तीन वटा प्रस्ताव सर्वसम्मतिमा पारित गरिएको शर्माले बताएका छन् भने निर्वाचनमा तालमेल अर्थात प्रिअलाइन्स नगर्ने र एक्ले बहुमत ल्याउने गरी सांगठानिक संरचनालाई नविन रुपमा परिवर्तन गर्ने निर्णय भएको बताएका छन् ।

२०८४ को निर्वाचनमा नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकले कांग्रेसको रुख चिन्हमा मत हाल्न पाउने अवसर सिर्जना गरिएको बताएका छन् ।

उनका अनुसार यो निर्णय नेपाली कांग्रेसभित्रै नयाँ जागरण पैदा गर्ने विश्वास कांग्रेसले लिएको उनले बताएका छन् ।

नेपालको वर्तमान संविधान अनुसार अहिलेकै अवस्थामा वस्थामा कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नरहेकाले गर्दा कांग्रेसले हालै गरेको निर्णयलाई हेर्दा कांग्रेस-एमाले संविधान संशोधन गर्ने पक्षमा रहेको देखिन्छ ।

कांग्रेस एमालेबीच गत असार १७ गते भएको ७ बुँदे सहमतिमा पनि संविधान संशोधन गर्ने उल्लेख गरिएकोले संविधान संशोधन हुन सक्ने सम्भावना बढेर गएको अभियान साप्ताहिकमा उल्लेख छ ।

संविधान अनुसार प्रत्यक्षतर्फ १ सय ६५ सिट र समानुपातिकतर्फ १ सय १० सिटको व्यवस्था रहेको हुनाले एक्लै कुनै दलले बहुमत ल्याउन प्रत्यक्षतर्फ घटीमा ६० प्रतिशत र समानुपातिकमा पनि घटीमा ४०-४५ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

अहिलेको अवस्थामा त्यो सम्भव नभएकाले गर्दा कित संविधान संसोधन हुनुपर्यो होइन भने कांग्रेसले एक्लै निर्वाचन लडेर बहुमत ल्याउने भन्ने निर्णय आफैँमा हाँस्यास्पद बाहेक अन्य केही हुन सक्दैन ।

प्रतिक्रिया