February 23, 2025, 8:38 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सरकारको निर्णय : पलेशालाई ६५ लाख, प्रशिक्षकलाई ५ लाख ८५ हजार पुरस्कार

भदौ २०, २०८१ मा प्रकाशित | ११००दर्शक तीव्रखबर

काठमाडौं- फ्रान्सको पेरिसमा भएको पारालिम्पिक प्रतियोगितामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पसेसलाई ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार पलेशालाई सम्मानस्वरुप ६५ लाख रुपैयाँ नगद पुरस्कार दिँदा प्रशिक्षक र टीम व्यवस्थापकलाई पनि सम्मान गर्ने निर्णय भएको छ ।

पलेशाका प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको उनले बताए ।

बुधबार मात्रै प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पलेशालाई दिइने पुरस्कारमा कर नलगाउने बताएका थिए ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएकी छन् ।

उक्त अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए। यसअघि काठमाडौं महानगरपालिकाले पलेशलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइसकेको छ ।

प्रतिक्रिया