February 24, 2025, 3:46 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बालेनले विस्थापित गर्न खोजेको भन्दै कवाडी व्यवासायीले भेटे प्रधानमन्त्री ओली

भदौ २०, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं । कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकार्षण गराएको हो ।
वर्षौंदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुलाई काठमाडौं महानगरपालिकाले व्यवसायीहरु माथि अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ । महानगरले वातावरण फोहर गरेको, आगलागीका घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर कवाड व्यवसायलाई काठमाडौंबाट विस्तापित गर्न खोजेको उनीहरुको आरोप छ ।
उनीहरुले महानगरले कवाड व्यवसायीमाथि गरिरहेको तोडफोड तत्काल रोक्न लगाई सरल र सहज ढंगले संचालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका छन् । कवाड व्यवसायमाथि महानगरले तोडफोड गरेको, समान जफत गरेको, अभद्र व्यवहार व्यवसायको दर्ता नविकरण नगरेको र अन्य निकायमा पनि प्यान भ्याट दर्ता गर्न रोक लगाएको उनीहरुको भनाइ छ ।
कानुन बमोजिम दर्ता नविकरण गराउन चाहेका कवाड व्यवसायलाई दर्ता नविकरण गराउनुपर्ने, आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भईरहेको अराजक गतिविधि रोक लगाउनुपर्ने र व्यवसाय गर्न पाउने हकको हनन हुन नहुने कवाड व्यवसायीहरुको माग छ ।

प्रतिक्रिया