December 24, 2024, 1:57 pm
» बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार » प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता » रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल » थाइल्यान्डबाट पाँच नेपालीको उद्धार » श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु

सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

भदौ २०, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

चैनपुर (बझाङ), : बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिनुभयो ।

उहाँले बिहान बझाङबाट धनगढी, काठमाडौँ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताउनुभयो ।

सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसिबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिनुभयो ।

उहाँले पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया