February 23, 2025, 8:56 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

टी-२० क्रिकेटमा मंगोलियाको किर्तिमान, १० रनमै अलआउट

भदौ २०, २०८१ मा प्रकाशित | ११२०दर्शक तीव्रखबर

काठमाडौँ । मंगोलिया आइसीसी टी-२० विश्वकप को एशिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ । विहिबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो ।

मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २-२ रन बनाएका थिए । अतिरिक्त २ रन पाएको मंगोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाएका थिए । मंगोलियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिएका थिए । त्यस्तै ११ रनको लक्ष्य पाएको सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

टी-२० अन्तराष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ । यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन नै बनाएको थियो ।

टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिंगमा मंगोलियाले तीन पटक कम टोटल बनाएको छ । जुन यसै बर्ष बनाएको हो । मंगोलियाले यस अघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।

प्रतिक्रिया