February 24, 2025, 7:37 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

घट्यो आन्तरिक उडानको हवाइ भाडा, कहाँको कति ?

भदौ १९, २०८१ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालको आन्तरिक हवाइ उडानको भाडा घटाएको छ ।

प्राधिकरणले हवाइ इन्धनको मूल्य घटेर आएसँगै त्यस अनुसार मूल्य समायोजन गरेको हो ।गत भदौ १५ गते नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको थियो । त्यससँगै प्राधिकरणले मूल्य समायोजन गरेको हो ।

जसअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्म भाडा घटाइएको हो ।

अब काठमाडौंदेखि भैरहवासम्मको भाडा २७ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि २८ सय २० रुपैयाँ रहेकोमा १०५ रुपैयाँ मूल्य घटेको हो ।

त्यस्तै नेपालको आन्तरिक उडानमा लामो रुट मानिने काठमाडौं-धनगढीको भाडा २२० रुपैयाँ घटाइएको छ । यसअघि त्यहाँको भाडा ६ हजार ५० रहेकोमा भाडा घटेसँगै अहिले ५८ सय ३० कायम भएको छ ।

 

प्रतिक्रिया