September 16, 2024, 7:14 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने

भदौ १९, २०८१ मा प्रकाशित | १०००दर्शक तीव्रखबर

काठमाडौं – पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेपाल सरकारले ६५ लाख रुपियाँ पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ पलेशालाई उक्त रकम पुरस्कार स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् । ओलीले पलेशालाई प्रदान गरिने पुरस्कार रकममा कर छुट गरिने उल्लेख गरेका छन् ।

२१ वर्षीया पलेशाले ओलम्पिकमा कांस्य पदक जिते वापत राष्ट्रिय खेलकुद विकास नियमावली-२०७९ मा उल्लेख भएअनुसारको नगद पुरस्कार पाउने पक्का भएको हो ।

फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा पलेशाले के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले हराउँदै कांस्य जितेकी थिइन् । यो ओलम्पिकमा कुनै पनि नेपाली खेलाडीले जितेको पहिलो ऐतिहासिक पदक हो ।

प्रतिक्रिया